कोरोनाबाट थप ६ जनाको मृत्यु


  • Jaynepalnews
  • शुक्रबार, अशोज ९, २०७७

९ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ३ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा मोरङकी ६० बर्षिय, काठमाडौँकी ७५ बर्षिय र कपिलवस्तुकी ७० बर्षिय महिला छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा मोरङका ५५ बर्षिय, सप्तरीका ७० बर्षिय, ललितपुरका ५१ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology