माधवकुमार नेपालका ९ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ


  • Jaynepalnews
  • शनिबार, भदौ ६, २०७७

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । गौतमका अनुसार नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि सबै सुरक्षाकर्मी आइसोलेसनमा बसेको पनि गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology