
११ असोज, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले किसान नेता गौरवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्दै तनहुँले प्रखर समाजवादी नेता गुमाएको बताएका छन् । आज शोक वक्तव्य प्रकाशित गर्दै उनले भनेका छन्, “हिजोका कठोर दिनमा कत्ति पनि विचलित नभई अनवरत रुपमा समाज रूपान्तरणमा लाग्नु भएका रेग्मीको निधनले स्तब्ध तुल्याएको छ ।”
म्याग्दे गाउँपालिका–७ निवासी रेग्मी नेपाल किसान सङ्घका जिल्ला सभापति र नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष हुन् । उनको आज निधन भएको हो ।