नेपालमा थप १५ सय ७३ जनामा कोरोना पुष्टि


  • Jaynepalnews
  • आइतवार, अशोज ११, २०७७

११ असोज, काठमाडौं । नेपालमा थप १५ सय ७३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ७३ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५३ हजार ८९८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३।४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार १२३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ८८ हजार ३२७ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १० हजार ६९८ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ३३ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२५ जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology