नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु


  • Jaynepalnews
  • आइतवार, अशोज ११, २०७७

११ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा काठमाडौँकी ५० बर्षिय महिला रहेकी छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका दुई जना ६१ र ६१ बर्षिय पुरुष रहेका छन् भने ललितपुरका २ जना ४२ र ७७ बर्षका तथा बर्दियाका २ जना ६३ र ५० बर्षिय पुरुष रहेका छन् ।

त्यस्तै बाराका २० बर्षिय, रुपन्देहीका ७२ बर्षिय र अछामका ३४ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology