मन्त्रिपरिषदको पुनर्गठनमा अलमल


  • Jaynepalnews
  • सोमवार, अशोज १२, २०७७

१२ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्ने विषय केहि साता देखि नै चर्चामा रहेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटीले पुनर्गठन गर्ने निर्णय गरिसकेपनि पुनर्गठनको मोडालिटीमा दुवै अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमति हुन नसक्दा अझै निर्णयमा पुग्न सकेका छैनन् ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच आजपनि भेटवार्ता हुँदैछ । अर्का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेर छलफल शुरु गरका छन् ।

यसअघि ६ असोजमा बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय गर्दै पुनर्गठन दुई अध्यक्षको सहमतिमा गर्ने बताइएको थियो ।

यसबीचमा कैयौ पटक दुई अध्यक्षबीच भएका छलफल सहमतिमाप उग्न नसक्दा पुर्नगठन हुनसकिरहेको छैन ।

यसअघि आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएकाले सबैको विशेष चासो लिएका भएपनि नियमित निर्णय गरेर बैठक टुंगाइएको थियो । आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले पुनर्गठन बारे केहि कुरा नगरेको बताइएको छ ।

नेकपाका एक स्थायी कमिटी सदस्यले खरीबोटलाई बताए अनुसार अहिले अर्थ, सञ्चार तथा सूचना प्रबिधि र शहरी बिकास मन्त्रालय खाली रहेको छ भने मन्त्रालयलाई टुक्राएर थप तीन मन्त्री थप्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले रहेका सबै मन्त्रीहरुलाई निरन्तरता दिएर खाली रहेका ३ र तुक्राएका ३ गरि ६ मन्त्री थप्ने प्रस्ताव गरेका छन् ।

यस बारे निर्णय भइसकेको नभएपनि आन्तरिक विवाद मिलाउन संबिधानमा व्यवस्था भए अनुसार २५ मन्त्रालय बनाउन सकिने भएकाले अहिले भएका २१ लाई २४ सम्म पुर्याउने गृहकार्य भइरहेको छ । अहिले एकै रहेका उद्योग, वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिचाई तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई टुक्राएर ६ वटा मन्त्रालय बनाउने प्रधानमन्त्रीको प्रस्ताव रहेको छ ।

तर अर्का अध्यक्ष प्रचण्डले यी ६ सहित अहिले सरकारमा रहेर राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई फेर्नु पर्ने प्रस्ताव गरेका छन् । प्रचण्डले परिवर्तनको सन्देश दिनपनि नयाँ अनुहारलाई सरकारमा ल्याउनुपर्ने प्रस्ताव राखेका छन् । साथै प्रचण्डले सचिवालयका सदस्यहरुलाई समेत सरकारमा लैजानु पर्ने प्रस्ताव राखेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology