ललितपुर महानगरमा फुटपाथ पसल राख्‍न नपाइने


  • Jaynepalnews
  • सोमवार, अशोज १२, २०७७

१२ असोज, ललितपुर । ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ ।

ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो । कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आइतबादेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए ।

उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत रोक लगाएका छौं।” महानगरपालिकाका विभिन्न स्थानलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लगिने योजनानुरुप सो कार्य अघि बढाइएकौ हाँछेथुको भनाइ छ ।

फुटपाथ पैदल यात्रुलाई मध्यनजर गरेर छुट्याइएको ठाउँ भएकाले उनीहरुको सहजतामा उक्त निर्णय गरिएको उनले उल्लेख गरे । यसैगरी ललितपुरको जावलाखेलमा एकैसाथ चिल्ड्रेन, मिडल, पिस र गणेशमान नामक चार उद्यान निर्माण गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology