आफ्नै भूमिमा फर्कि चीन भन्दै दूतावास अगाडि कांग्रेस कार्यकर्ताको प्रदर्शन, नेविसंघ नेताहरु पक्राउ


  • Jaynepalnews
  • सोमवार, अशोज १२, २०७७

१२ असोज, काठमाडौं । हुम्लामा नेपाली भूमि मिचेर भवन निर्माण गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरुले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार बिहान काठमाडौंको बालुवाटारस्थित दतावास अगाडि नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।

‘आफ्नै भूमिमा फर्कि चीन’ लेखिएको ब्यानरसहित उनीहरुले प्रदर्शन गरेका हुन् । ‘चिनौं सीमाना, जोगाऔं माटो ‘ अभियान अन्तर्गत चिनियाँ दूतावासअगाडि प्रदर्शन गरिएको नेविसंघका नेता मनिष सिम्खडाले जानकारी दिए ।

प्रदर्शनका क्रममा प्रहरीले नेविसंघ नेताहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओली, विन्दा बोगटी, अर्वत खड्का, दीपेन्द्र खड्कालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology