
१२ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा २ जना महिला र २ जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा सुनसरीकी ३८ बर्षिय र भक्तपुरकी ५१ बर्षिय महिला रहेकी छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा बाँकेका ४७ बर्षिय र गुल्मीका ३४ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।