सांसद मुनु सिग्देललाई कोरोना संक्रमण


  • Jaynepalnews
  • मङ्लबार, अशोज १३, २०७७

१३ असोज, काठमाडौं । बागमती प्रदेशसभाकी सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोनाभाइरस संक्रमण भएको छ।

ललितपुरको विध ल्याबमा गरिएको सिग्देलको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी अहिले काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छन्। सिग्देल असोज ५ गते निजी सवारी साधनमा काठमाडौं आएकी थिइन्।

सिग्देलका श्रीमान् विरोध खतिवडा प्रतिनिधि सभा सांसद हुन् भने छोरी श्रृंखला खतिवडा पूर्वमिस नेपाल हुन्। परिवारका अरू सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology