पर्सामा थप ५४ जनामा कोरोना संक्रमण


  • Jaynepalnews
  • शनिबार, भदौ ६, २०७७

पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै पर्साका हुन् । त्यसमध्ये पर्सागढी नगरपालिकाका विभिन्न वडाका २५ जना, वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १६ जनासहित सखुवा प्रसौनी, पटेर्वा सुगौली लगायतका स्थानका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology