नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु


  • Jaynepalnews
  • मङ्लबार, अशोज १३, २०७७

१३ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ जना महिला र ७ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा सर्लाहीकी ७२ बर्षिय, काठमाडौँकी ५७ बर्षिय र बाँकेकी ७६ बर्षिय महिला रहेकी छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा मोरङका ६८ बर्षिय, महोत्तरीका ५८ बर्षिय, काठमाडौँका २ जना ६० र ७० बर्षिय, चितवनका ५५ बर्षिय र बाँकेका २ जना ५३ र ३९ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology