बझाङ घटनामा संलग्नलाई कारबाहिको पहल गर्न सभामुखको ध्यानाकर्षण


  • Jaynepalnews
  • मङ्लबार, अशोज १३, २०७७

१३ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् ।

आज सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार घटनाबारे ध्यानाकर्षण गराउन आएका सुदुरपश्चिमका संघीय सांसदहरुसँगको भेटमा उनले घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्ने बताए ।

सभामुख सापकोटाले जनता अन्याय, दमन र समस्यामा परेका बेला उनीहरुलाई साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको बताउँदै कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल जारी राख्न आग्रह गरे । उनले आफ्नोतर्फबाट समेत विशेष पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

बझाङबाट प्रतिनिधि सभा सदस्य आशा कुमारी विक लगायतका सांसदहरुले सभामुख सापकोटालाई भेटेर बझाङकी १२ बर्षिया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहिका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले घटनाको निष्पक्ष छानबिन, पीडकलाई कारबाहि र पीडित परिवारलाई उचित क्षतिपूर्तिका विषयमा ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology