
१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोनाको महामारीमा परेका नागरिकलाई दशैंमा राहत उपलब्ध गराउन सरकारसंग माग गरेका छन् ।
उनले ट्वीटरमा टिप्पणी गर्दै जनताका समस्या ज्यूँका त्यूँ रहेका भन्दै रोजगारीका लगभग सबै क्षेत्र बन्द, हजारौंको व्यावसाय ठप्प भएको अवस्थामा सरकारसंग आम नागरिकको आश मरिसकेको बताएका छन् ।
उनले सरकारप्रति सबै आस मरिसकेपछि भोक मेटाउन विदेशिनुको विकल्प अर्को नरहेको टिप्पणी गरेका छने ।
नेता पौडेलले आम नागरिक कोरोनाको मारमा परेका बेलामा सरकार अझैपनि सत्ता र शक्तिको लड़ाईमै अल्झिरहेको बताएका छने ।