
१४ असोज, काठमाडौँ । भारतको अयोध्यामा सन १९९२ मा ध्वस्त बनाइएको बाबरी मस्जिदको ढाँचा बारे आरोपित बनाइएका भाजपाका नेताहरुलाई अदालतले निर्दोष रहको बताएको छ ।
२८ बर्षपछि सिबिआईको विशेष अदालतले बुधबार फैसला सुनाउदै भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहित मुरली मनोहर जोशी, कल्याण सिंह, उमा भारती, विनय कटियारसहित ३२ नेताहरु निर्दोष रहेको फैसला सुनाएको छ ।
अदालतले यो पहिला योजना बनाएर घटेको घटना नभएको भन्दै आरोपित नेताहरु निर्दोष रहेको बताएको छ ।
अदालतले उनीहरुलाई आरोपित पुष्टि हुने प्रमाण नपुगेको भन्दै अराजक तत्वले ढाँचा ढालेको भनेको छ ।
भारतीय समाचार एजेन्सी एएनआइका अनुसार बिएचपी नेता अशोक सिंघलका विरुद्ध समेत कुनै प्रमाण नभएको विशेष अदालतले फैसला सुनाएको छ ।