
काठमाडौं । नेपालमा थप १५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ५९ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०५७ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५६ हजार ४२८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७२ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार २०५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख २१ हजार ५०३ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ५ हजार ४२८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १० हजार ८०४ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ३० जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २०१ जना रहेका छन् ।