युवराज खतिवडा अमेरिकाका लागि राजदुत नियुक्त


  • Jaynepalnews
  • बिहिबार, अशोज १५, २०७७

१५ असोज, काठमाडौं । सरकारले मुख्यसचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठक मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

आगामी कार्तिक ३ गतेसम्म कार्यकाल रहेका रेग्मीले राजीनामा दिएपछि रिक्त मुख्यसचिवमा पदमा बैरागीलाई नियुक्त गर्ने निर्णय गरिएको हो ।

बैठकले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा। युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत सिफारिस गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology