
१५ असोज, काठमाडौं । नेपालमा थप १९ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १९ सय ११ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २१ हजार ८३० रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६१ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ५७ हजार ३८९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१।९ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा १२ हजार ४४४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ३३ हजार ९४७ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ५ हजार ७७ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा १० हजार ८७ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ११ हजार ११ हजार ६९ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा २५ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२० जना रहेका छन् ।