
१५ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् ।
मृत्यु हुने महिलामा बाँकेकी ३४ बर्षिय महिला रहेकी छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका २ जना ७८ र ६८ बर्षिय, भक्तपुरका ६८ बर्षिय र ललितपुरका ४८ बर्षिय पुरुष रहेका छन् ।
त्यस्तै सुनसरीका ३ जना ५६, ५० र २७ बर्षिय पुरुष रहेका छन् । त्यसैगरि रुपन्देहीका ३ जना ८०, ५५ र ४२ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६५ रहेको मन्त्रालयले जानकारी दिएको छ ।