वामदेवविरुद्धको मुद्धाको संवैधानिक इजलासमा आज सुनुवाई हुने


  • Jaynepalnews
  • शुक्रबार, अशोज १६, २०७७

१६ असोज, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज फेरी हुदै छ । यसअघि बुधबार संबैधानिक इजलासले यस मुद्धालाई हेर्दा हेर्दैमा राखेको थियो ।

यहि असोज ७ गते न्यायाधीश डा। आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भए अनुसार बुधबारदेखि संबैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।

निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरी उप्रेतीलगायतले बहस गरेका थिए भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेलसहितले बहस गरिसकेका छन् ।

महान्यायाधिवक्ता अग्नि खरेललगायत सरकारी वकिलले भने यसअघि पनि माधव नेपालसहितले चुनाव हार्दासमेत सांसद हुने नजिर रहेको भन्दै गौतमको पक्षमा बहस गरेका थिए ।

गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा।डा। युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रविनारायण खनाल, रमणकुमार श्रेष्ठ, अनन्तराज लुइँटेललगायत ४० वकिलहरुले आज बहस गर्ने बताइएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा असोज ७ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतले राष्ट्रिय सभामा मनोनित भएका नेता गौतमलाई संबैधानिक जिम्मेवारी नदिन भन्दै यथास्थितिमा राख्न आदेश दिएको थियो । साथै थप सम्वैधानिक जिम्मेवारी लिने दिने कार्य रोक्न आदेश अन्तरिम जारी गर्दै आजको लागि संबैधानिक इजलासमा छलफल हुने बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology