
१६ असोज, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरी असन्तुष्टि बढ्ने संकेत देखिएको छ ।
सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा र मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई क्रमश अमेरिका र बेलायतको राजदुतमा सिफारिश गरेपछि नेकपाका नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।
नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले यी नियुक्तिप्रति संकेत गर्दै स्थायी कमिटीएल गरेका निर्णयहरुको उलंघन भए पार्टीमा फेरी संकट उत्पन्न हुने चेतावनी दिएका छन् ।
नेता रावलले सामाजिक संजालमा टिप्पणी गर्दै निर्णयहरु उलंघन भएमा देश र पार्टीको हितमा आघात पर्न सक्ने भन्दै जिम्मेवारहरुको ध्यान जाओस् भनेका छन् ।
उनले भनेका छन्,
‘नेकपामा आन्तरिक द्वन्द्व र मतभेद चर्केको बेला समस्या समाधान गर्न गत भदौ २६ गते नेकपा, स्थायी कमिटीले निर्णय गरी अध्यक्षद्वयको हस्ताक्षरका साथ भदौ २९ गते जारी अपानि-निर्णयहरूको उल्लंघन भएमा संकटको पुनरावृत्ति हुनसक्छ । देश,जनता र पार्टीहितमा आघात पर्नसक्छ। जिम्मेवारहरूको ध्यान जाओस् ।’