
१६ असोज, चितवन । चितवनको भरतपुर आस्पतालमा उपचारत मकवानपुरको हेटौडा उपमहानगरपालिका न्यूरेनी निवासी ७८ बर्षका पुरुषको मृत्यु भएको छ ।
अस्पतालले दिएको जानकारी अनुसार असोज १५ गते राति १० बजे संक्रमणसहित अस्पताल भर्ना भएका पुरुषको शुक्रबार विहान साढे ७ बजे मृत्यु भएको हो ।
अस्पतालले उनको स्वासप्रवासमा जटिल समस्या तथा निमोनिया समेत देखिएको बताउदै उनको आइसीयुमा उपचार गर्नेक्रममा मृत्यु भएको जनाएको छ ।
प्रतिक्रिया