सरकारद्वारा केसीलाई अनशन फिर्ता लिन आग्रह


  • Jaynepalnews
  • शुक्रबार, अशोज १६, २०७७

१६ असोज, काठमाडौँ । सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखी अनशनरत प्राडा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्राडा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको बताए । परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षा सम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको र सातै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खुल्ने विषय पनि सम्बोधन भइसकेको उल्लेख गरे ।

सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमण विरुद्धको लडाइँमा रहेका अवस्थामा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको बताउँदै उनले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने धारणा व्यक्त गरे । मन्त्री ज्ञवालीले प्राडा केसी र उनका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोना विरुद्धको लडाइँमा होमिन आग्रह समेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology