प्रदेश ५ राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश


  • Jaynepalnews
  • शुक्रबार, अशोज १६, २०७७

१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव प्रदेश सभामा पेश गरेको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेसँगै उक्त प्रस्ताव संसदमा पेश भएको हो । यद्यपी मन्त्रीपरिषदको बैठकको निर्णय सार्वजनिक गरिएको छैन् ।

सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकपछि उक्त प्रस्ताव प्रदेश संसदमा पेश गरिएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्रमा स्थायी राजधानी राख्न प्रस्ताव गरेका छन् । साथै उनले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेका छन् ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद हुँदै आएको थियो । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology