
१८ असोज, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापालाई कोरोना संक्रमण भएको छ ।
असोज १५ गते पार्टी कार्यालयमा भएको स्व़ाब संकलनको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको थापाले जानकारी दिएका छन् ।
थापाले आफ्नो अवस्था सामान्य रहेको र अहिले घरमै आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
साथै उनले यस बिचमा आफ्नो सम्पर्कमा रहेका सबैलाई सजगता अपनाउन र समस्या आएमा स्वास्थ्यकर्मीसँग परामर्श गर्न अनुरोध गरेका छन् ।