
१८ असोज, काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय पाँच दिनका लागि बन्द गरेको छ ।
असोज १५ गते केन्द्रीय कार्यालयमा गरिएको पिसिआर परीक्षणमा पार्टीका नेता अर्जुननरसिंह केसी, युवा नेता गगन थापासहित केन्द्रीय सदस्यहरुको कोरोना पोजेटिभ देखिएपछि काँग्रेसले आइतबारदेखि विहिबारसम्म केन्द्रीय कार्यालय बन्द गरेको छ ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले असोज २२ गतेसम्म केन्द्रीय कार्यालय बन्द गरेको जानकारी दिएका छन् ।