कोरोनाबाट ५ दिनकी बालिकासहित थप ७ जनाको मृत्यु


  • Jaynepalnews
  • आइतवार, अशोज १८, २०७७

१८ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन् ।

मृत्यु हुने महिलामा चितवनकी ५५ बर्षिय, मकवानपुरकी ५ दिनको बालिका, बाँकेकी २५ बर्षिय, कन्चनपुरकी २९ बर्षिय महिला रहेका छन् ।

त्यस्तै मृत्यु हुने पुरुषमा ललितपुरका ७७ बर्षिय पुरुष रहेका छन् भने काठमाडौँका ५५ बर्षिय पुरुष र बाँकेका ६० बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । नेपालमा अहिले कोरोनासंक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology