सरकार पुर्णरुपमा असफल भयो : कमल थापा


  • Jaynepalnews
  • सोमवार, अशोज १९, २०७७

१९ असोज,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार पुर्णरुपमा असफल भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समयमै जागेर एक्सनमा आउन आग्रह गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकार कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको बताएका छन् ।

उनले भनेका छन् –  

‘कोरोना महामारी नियन्त्रण गर्न, भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न, रोजगारी सिर्जना गर्न, भारतसँग वार्तागरी अतिक्रमित भूमि फिर्तालिन सरकार पूर्णरूपमा असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली,  म तपाईंको शुभचिन्तक हुँ, त्यसैले भन्छु – plz wake up,act fast before it’s too late’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology