अस्पतालबाट डिस्चार्ज हुदै ट्रम्पले भने – कोरोना बारे स्कुल गएर पढे जस्तै बुझे !


  • Jaynepalnews
  • सोमवार, अशोज १९, २०७७

१९ असोज, काठमाडौँ । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट फर्किएका छन् ।अस्पतालबाट बाहिरिनु अघि ट्रम्पले एक भिडियो सन्देश जारी गर्दै आफुले कोरोना बारे धेरै बुझेको बताएका छन् ।

यस अघि ट्रम्पको उपचारमा संलग्न डाक्टरले ट्रम्पको स्वास्थ्य सामान्य रहेकोले छिट्टै डिस्चार्ज गरिने बताएका थिए ।

भिडियो सन्देशमा ट्रम्पले भने, ुमैले कोरोना बारे धेरै बुझे मौका पाए । मैले स्कुल गएर बुझे जस्तै कोभिड बारे बुझे । यो असलमा कोभिडको स्कुल हो । यसका लागि किताब पढ्नु पर्दैन । मैले यो राम्रो सँग बुझे ।ु

शुक्रबार कोरोना पोजेटिभ भएपछि उच्च ज्वरो र अक्सिजनको मात्रामा कमि आएपछि ट्रम्पलाई वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको थियो । यस क्रममा ट्रम्पलाई एक पटक अक्सिजन समेत दिइएको थियो ।

मास्क लगाएर गाडीमा फर्किएका ट्रम्पले अस्पताल अगाडी उभिएका आफ्ना समर्थकलाई हात हल्लाएर अभिवादन गर्दै फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology