प्रदेश सभामा सोमबार भएको घटनामा गल्ति गर्नेलाई कारवाही गर्नुपर्छ : गगन थापा


  • Jaynepalnews
  • मङ्लबार, अशोज २०, २०७७

२० असोज, काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रदेश ५ को प्रदेश सभामा सोमबार भएको घटनामा गल्ति गर्नेलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

सांसद थापाले प्रदेश सभामा प्रतिपक्षबाट भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरित भएको भन्दै उनले यो तरिका पूर्णत अवाञ्छनीय रहेको बताएका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै उनले भनेका छन्- प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरीत छ । संसदमा आफ्नो फरक मत राख्ने र सरकारको विरोध गर्ने अनेकन तरिका छन्। हिजोको तरिका संसदभित्र पूर्णत अवाञ्छनीय छ । हामीले यो घटनामा आत्मालोचना गर्दै गल्ती गर्नेलाई कारबाही पनि गर्नै पर्छ।

प्रतिपक्षले सरकारको जस्तोसुकै नाजायज हठका विरुद्ध आवाज उठाउन पाउँछ, पाउनु पर्छ । आवाज उठाउने तरिका संसदीय अभ्यास भित्रै छ। प्रतिपक्षको भूमिका के(कस्तो हुने भन्नेमा हामीले आफ्ना नेता कार्यकर्तालाई सिकाउन नसकेकै हो।

प्रतिपक्षले आवेगमा विवेक गुमाउँदा सरकारको असंसदीय तथा निन्दनीय व्यवहारका विरुद्ध बोल्ने नैतिक बल पनि गुमाउनु पर्छ । नत्र मन्त्रीको “घिसारेर निकालिहाल्” को प्रतिकार यति कमजोर हुँदैन थियो। आवेग र आवेशमा गरिएको व्यवहारले प्रतिपक्षकै मुद्दालाई कमजोर पार्छ भन्ने कुरा बुझौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2021 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology