संक्रमित पुरुषको निधन


  • Jaynepalnews
  • मङ्लबार, अशोज २०, २०७७

२० असोज, धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिए । मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ ।

सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology