अमेरिकाको कम्युनिष्ट पार्टीको सदस्यलाई आवासीय अनुमति नदिने निर्णय अलोकतान्त्रिक – नारायणकाजी श्रेष्ठ


  • Jaynepalnews
  • मङ्लबार, अशोज २०, २०७७

२० असोज, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ अमेरिकाले कुनै पनि कम्युनिष्ट पार्टीको सदस्यलाई आवासीय प्रमाणपत्र नदिने निर्णयलाई अलोकतान्त्रिक निर्णय भएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै प्रवक्ता श्रेष्ठले अमेरिकाको यो निर्णयले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उडाएको छ भन्दै नमुना पुँजीवादी लोकतन्त्रको नमुना यहो हो भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्-अमेरिकाले हालै देशभित्र वा बिदेशको कुनै कम्युनिष्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ । यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्लि उँडाएको छ।यही हो, नमुना पुँजीवादी लोकतन्त्रु

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology