
२० असोज, काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. डीला संग्रौलाले आफन्तबाट २१ बर्षिय बझाङकी युवती निरन्तर बलात्कार र चरम यातनाको शिकार भएको घटनाको अनुसन्धान गरेर दोषीलाई कडा कारवाहीको माग गरेकी छन् ।
सांसद संग्रौलाले यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले यस्ता घटना दोहोरिन नदिन, संलग्नलाई सिघ्र कानुनी दायरामा ल्याएर पिडितलाई स्वास्थ उपचार र क्षतिपूर्तिको माग गरेकी छन् ।
सांसद संग्रौलाले भनेकी छन्, आफ्ना ससुरा, काका ससुरा लगायतका आफन्तहरुबाटै निरन्तर बलात्कार र चरम यातनाको सिकार भएकी बझाङ सुनकुडाकी २१ बर्से युवतीमाथि भएको निर्मम र पासविक घटना निन्दनीय छ । यसरी चरम शोषण गरि आफ्नै बुहारीको अस्मिता लुटने दोषीलाई छिटो भन्दा छिटो अनुसन्धान गरि कानुनको दायरामा ल्याइ कारवाहि गर्न सम्बन्धि निकायको ध्यानाकर्षण गराउदछु । यस्ता घटना दोहोरिन नदिन सम्लग्नलाई सिघ्र कानुनी दायरामा ल्याई पिडितलाई स्वास्थ उपचार र क्षतिपूर्तिको माग गर्दछु ।