कांग्रेस नेता खतिवडाले गरे सुत्केरीको उद्धार


  • Jaynepalnews
  • शनिबार, भदौ ६, २०७७

ओखलढुंगा । ओखलढुंगामा सुत्केरी भएकी महिलाको रक्तस्राव नरोकिएपछि नेपाली कांग्रेसका नेता एवं पूर्व सासंद रामहरि खतिवडाले हेलिकप्टरमार्फत उद्धार गरेका छन् । जिल्लाको मानेभञ्ज्याङ-०१ मोलिकी पातली श्रेष्ठ राइकाे मिसन हस्पिटलमा भएकाे अप्रेसनपछि रक्तस्राव नरोकिदा यहाँ उपचार सम्भावना नभएछि थप उपचार गर्न काठमाडौं लगिएको हो ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले  हेलिकप्टर पठाएर बीना शुल्क लकडाउनको  बेलामा पनि उद्धार गरेका हुन् । राइलाई थप उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर पठाएका खतिवडाले बहिनीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाको पहलमा सम्पुर्ण खर्च महिला तथा बालबालिका मन्त्रालयले बेहोर्ने खतिवडाको स्वाकिय सचिव हुकुम राइले जनकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology