थप १५ सय ५१ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ९० हजार नाघ्यो


  • Jaynepalnews
  • मङ्लबार, अशोज २०, २०७७

२० असोज, काठमाडौं । नेपालमा थप १५ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १५ सय ५१ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म ६७ हजार ५४२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७४।४ रहेको प्रवक्ता गौतमले बताएका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ४७ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १० लाख ९९ हजार २७६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ४ हजार २३१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या १३ हजार ५९१ जना रहेका छन् ।

त्यस्तै देशभर भेन्टिलेटरमा ४० जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २४३ जना रहेका छन् ।

काठमाडौँ उपत्यकामा आज १०१७ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा आज १०१७ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology