भालुवाङ राजधानी बनेकोमा स्थानीयले मनाए खुशीयाली


  • Jaynepalnews
  • बुधबार, अशोज २१, २०७७

२१ असोज, बुटवल । दाङको भालुवाङ प्रदेश सभाबाट प्रदेशको स्थायी राजधानी बनेपछि स्थानीयले निर्णयको स्वागत गर्दै खुशीयाली मनाएका छन् ।

उनीहरुले भालुबाङमा दीप प्रज्वलन गरेर खुशीयाली मनाएका थिए ।

स्थानीय सरकार, व्यवसायी, सर्वसाधारण, राजनीतिक दल, संघ संस्थाहरु राष्ट्रिय झण्डा लिएर दिपावली गरेका छन् । उनीहरुले औपचारिक स्वागतको तयारी समेत गरेको बताएका छन् ।

प्रदेश ५ को प्रदेश सभा बैठकले मंगलबार प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारित गरेको थियो ।

योसँगै पाँच प्रदेशले नाम र राजधानी पाएका छन् । अब प्रदेश २ र प्रदेश एकको नाम र राजधानी टुंगाउन बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology