यस्ता छन् मन्त्रिपरिषद्का निर्णय (पूर्ण पाठसहति)


  • Jaynepalnews
  • बुधबार, अशोज २१, २०७७

२१ असोज, काठमाडौं ।  सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बुधबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । निर्णयअनुसार कालीमाटी फलफूल तथा तरकारी विकास समितिको अध्यक्षमा डा योगेन्द्र कुमार कार्कीलाई नियुक्त गरिएको छ भने कार्यकारी निर्देशक पदमा विनोद कुमार भट्टराईलाई नियुक्त गरिएको छ ।

यसैगरी विभिन्न देशमा कार्यरत महावाणिज्य दूतहरुको पदावदी थप गर्ने निर्णय भएको छ भने शिक्षक सेवा आयोगको अध्यक्ष र दुई सदस्यको नियुक्तिका लागि सिफारिस गर्न एक समित गठन गर्ने निर्णय भएको ज्ञवालीले बताए ।  यसैगरी राष्ट्रपति कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्नेलगायतका निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ। कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology