
२२ असोज, काठमाडौँ । अनसनरत डा। गोविन्द केसी र सरकारले आआफ्नो तर्फबाट वार्ता टोलि गठन गरेपछि आज वार्ता हुने भएको छ । सरकारले अनशनरत चिकित्सक प्राडा गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।
शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् ।
मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।
त्यस्तै डा। गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोलि गठन गरिएको छ । वार्ता टोलीमा डा। जीवन क्षेत्रीको संयोजकत्वमा डा। अन्जनी कुमार झा, डा। लोचन कार्की र ओम प्रकाश अर्याल रहेका छन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मङ्गलबारको सचिवालय बैठकमा प्रा डा केसीको जीवन रक्षाका सन्दर्भमा छलफल हुँदा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले लागि सो विषयमा सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए । बैठकले कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्राडा केसीलाई आग्रह गरेको थियो । सरकारले प्राडा केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ ।
चिकित्सक संघले विहिवार देखी बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड(१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गर्नासाथ सरकारले वार्ता टोली बनाएको हो । जनस्तरबाट पनि सरकारमाथि डा। केसीसँग वार्ता गर्ने व्यापक दबाब सिर्जना भएपछि अनसनको २४औ दिनपछि सरकारले वार्ता टोलि गठन गरेको हो ।