
२२ असोज, काठमाडौँ । दक्षिण अमेरिकी देश ब्राजिलमा कुल संक्रमितको संख्या ५० लाख नाघेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार ब्राजिलमा कुल संक्रमितको संख्या ५० लाख २ हजार ३५७ पुगेको छ ।
त्यस्तै ब्राजिलमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४८ हजार ३०४ पुगेको छ ।
ब्राजिलमा अहिलेसम्म ४३ लाख ९१ हजार ४२४ जना संक्रमण मुक्त भएका छन् भने अहिले ४ लाख ६२ हजार ६२९ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै ब्राजिलमा अहिले ८ हजार ३१८ जनाको आइसीयुमा उपचार भइरहेको बताइएको छ ।