नेबिसंघद्वारा गोबिन्द केसिको पक्षमा बिरोध र्याली


  • Jaynepalnews
  • बिहिबार, अशोज २२, २०७७

२२ असोज, काठमाडौं । नेबिसंघले गोबिन्द केसिको पक्षमा बिरोध र्याली निकालेको छ । आज दीउसो कोटेश्वर मा निकालियाको हो । कांग्रेस नेता कुन्दन राज काफ़्ले प्रमुख बक़्ता रहेको बिरोध कार्यक्रममा प्रहरिले हस्तक्षप समेत गरेको थियो ।

कार्यक्रममा काफ़्लेले जनताको स्वास्थको निम्ती बसेको सत्याग्रहको सरकारले नसुन्नु दुर्भाग्यपूर्ण भन्दै जनताको स्वास्थको पक्षमा कांग्रेस सधै उभिने बताए । नेबिसंघ नेता नवराज त्रिपाठीले केपी ओलिको संघर्ष सत्ता गरिव जनताको लागी नभई सत्ता सयलको लागी मात्र थियो भन्ने पुष्टि भयको बताउदै देश भरका नेबिसंघ लाई सड़कमा उत्रन आव्हान गरे ।

कार्यक्रममा कांग्रेस नेता अर्जुन पराजुली, उमेश गुरुंग, राजन अधिकारी, माधवी भट्ट ,मनिस सिम्खडा लगायतको उपस्थिति रहेको नेबिसंघ नेता संजय बुडाथोकीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology