
२२ असोज, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् ।
मृत्यु हुने चितवनर काठमाडौँका ३/३ जना, सुनसरी, धनुषा, ललितपुर, भक्तपुर, कास्की र सुर्खेतका एक एक जना रहेको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ ।
मृत्यु हुने महिलामा काठमाडौँकी ७९ बर्षिय, ललितपुरकी ७३ बर्षिय, भक्तपुरकी ८२ बर्षिय र सुर्खेतकी ८२ बर्षिय महिला रहेका छन् ।
त्यस्तै मृत्यु हुने पुरुषमा चितवनका तीन जना ८१, ८१ र ९२ बर्षिय, काठमाडौँका २ जना ५८ र ९१ बर्षिय, सुनसरीका ३९ बर्षिय, धनुषाका ७० बर्षिय र कास्कीका ८३ बर्षिय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।