
पर्सा । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जना महिलाको मृत्यु भएका छ ।
वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा शनिबार साँझ उनको निधन भएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो । थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।