
२३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त भएका छन् ।
गत शनिबार कोरोना पुष्टि भएका प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लहाकार सुर्य थापालाई कोरोना संक्रमण भएकोमा थियो ।
प्रेस सल्लाहकार थापाले आफूसहित रिमाल र भट्टराईको पिसिआर रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका ५ दर्जन सुरक्षाकर्मी सहित प्रधानमन्त्रीका तीन सल्लाहकार संक्रमित भएका थिए ।
त्यस्तै राजनीतिक सल्लाहकार रिमालले पनि आफ्नो शुक्रबार गरिएको परिक्षणको नतिजा पोजेटिभ आएको भन्दै आफ्नो सम्पर्कमा आएकालाई सावधान हुन् आग्रह गरेका छन् ।