सरकार–डा केसी वार्ता सकारात्मक बन्दै


  • Jaynepalnews
  • शुक्रबार, अशोज २३, २०७७

२३ असोज, काठमाडौँ । सरकारी वार्ता टोली र अनशनरत डा गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता जारी छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीबार बिहानदेखि शुरु भएको वार्ता सकारात्मक रहेको बताइएको छ । विहिबार अबेरसम्म भएको वार्ता शुक्रबार बिहान फेरी बस्ने गरि सकिएको थियो । वार्ता आज फेरी हुने बताइएको छ । वार्ता सकरात्मक रुपमा अगाडी बढेको र केहि बुंदामा सहमति हुन बाँकी रहेको बताइएको छ ।

वार्तालाई निष्कर्षमा पुर्‍याउनगरि प्रारम्भिक सहमतिको ड्राफ्ट बनाइएको र दुवै पक्ष आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

सरकारले डा। केसीसँग वार्ता गर्न बुधबार तीन सदस्यीय टोली गठन गरेको थियो । सरकारी वार्ता टोलीमा शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा। गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा छन् ।

त्यस्तै डा। केसीका तर्फबाट डा। जीवन क्षत्रीको संयोजकत्वमा डा। अञ्जनीकुमार झा, डा। लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल सदस्य रहेका छन् ।

सरकारले डा। केसीको अनसनको २४औ दिन वार्ता टोलि बनाएको थियो भने २५औ दिन वार्ता शुरु भएको थियो । जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका डा। केसीको अनसनको आज २६औ दिन हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology