
२३ असोज, काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उप प्राद्यापक प्रेम चलाउने माथी भएको आक्रमण र त्यसबाट उत्पन्न परिस्थितिका सन्दर्भमा नेबिसंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै अध्यक्ष राजिब ढुङ्गानाले बिग्यप्ती जारी गर्दै त्रि.वि. परिसर भित्रै उप प्राद्यापक चलाउने माथि भएको हमला त्रि.वि. पदाधिकारीको निर्देशनमा नेविसंघलाइ बदनाम गराउन रचिएको एउटा षडयन्त्र भएको बताएका छन ।
घाइते चलाउनेको शिघ्र स्वाथ्य लाभको कामना गर्दै, उचित उपचारको व्यवस्था मिलाउन त्रि.वि. प्रशासन समक्ष नेबिसंघले जोडदार माग गरेकोछ । संघका महामन्त्री बलदेव तिमल्सिनाले उक्त घटना सँग जोडेर अत्यन्तै प्रासंगिक,अनावश्यक र नियोजित तवरले पार्टीका नेताहरू र घटना हुनुभन्दा २ दिन अघि देखि कोरोना संक्रमित भएर उपचाररत तथा होम आइसोलेसनमा रहेका विद्यार्थी नेताहरुको नाम समेत मुछेर गरिएको अर्नगल प्रचार प्रति दुस्ख व्यक्त गर्दै निर्दोष विद्यार्थीहरुलाई लगाइएको झुठा मुद्धा खारेजीको माग गरेका छन ।
तिमल्सिनाले उपरोक्त घटनामा ने.वि.संघको कहिं कतै संलग्नता नरहेको पुन: स्पष्ट पार्दै विश्वविद्यालय हाता भित्रै घटेको घटनाको तत्काल छानविन गरी दोषी उपर कडा कारवाहीको निम्ति त्रि बि प्रशासन सङग माग गरेका छन । षडयन्त्रको तानाबाना बन्द गरी नेविसंघसँग गरिएको सहमति पूर्ण कार्यान्वयन गर्न इमान्दारीताका साथ प्रस्तुत हुन त्रिवि प्रशासनलाई सचेत गराउॅदै सत्याग्राही डा.गोविन्द केसीको मागहरु सँग सम्बन्धित त्रिविका गलत निर्णय तत्काल सच्याउँदै डा. केसीको जीवन रक्षा गर्नको निम्ती पनि महामन्त्री बलदेव तिमल्सिनाले ध्यानाकर्षण गराएका छन ।