सुन र चाँदी दुवैको मुल्य घट्यो


  • Jaynepalnews
  • आइतवार, भदौ ७, २०७७

काठमाडौं । आइतबार सुन र चाँदी दुबैको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ ।

आइतबार, चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology