पत्रकार आन्दोलनलाई कमजाेर नठान्न अध्यक्ष दुलालकाे चेतावनी


  • Jaynepalnews
  • शुक्रबार, अशोज २३, २०७७

२३ असोज, काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाका अध्यक्ष जगन्नाथ दुलालले श्रमजीवी पत्रकारहरूले उठाएका माग सम्बोधनका लागि गम्भीर बन्न सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् । विभिन्न सञ्चारगृहबाट जागिर गुमाएका र तलब नपाएका पत्रकारहरूको आन्दोलनमा ऐेक्यवद्दता जनाउँदै उनले मिडिया सञ्चालकहरूको ध्यानाकर्षण गराएका हुन् ।

ञश्रमजीवीहरूको आन्दोलन मिडिया सञ्चलकविरूद्दको आन्दोलन होइन, यो श्रमजीवीको अधिकारको पक्षमा भएको आन्दोलन होझ अध्यक्ष दुलालले भने , ञञ हामी मिडिया सञ्चालकहरूको सम्मान गर्न चाहन्छौं । तत्काल जागिरबाट हटाइएका पत्रकारहरूलाई ससम्मान काममा फर्काउनुस्, बक्यौता रकम तत्काल भुक्तान गर्नुस् ।अध्यक्ष दुलालले श्रमजीवी पत्रकार एेनको पूर्ण कार्यान्वयन गर्नका लागि पनि माग गरे ।

कोरोना महामारीका बेलामा पत्रकारहरूमाथि अन्याय हुनु निन्दनीय भन्दै उनले पत्रकारहरूले उठाएका जायज माग सम्बोधन गर्न र नगरेमा अझ कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिए ।

पत्रकारहरूको ५ दिने रिलेअनसनमा निरन्तर ऐेक्यवद्दता जनाएका युनियनका अध्यक्ष दुलालले अन्नपूर्ण पोस्ट र कान्तिपुर टेलिभिनमा भएको धर्नामा सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology