देशभर २ सय १ जना पत्रकारलाई कोरोना संक्रमण


  • Jaynepalnews
  • शनिबार, अशोज २४, २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघमा २०७७ असोज २३ गतेसम्म प्राप्त अभिलेख अनुसार २०१ जना पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । सक्रमित मध्ये २ जनाको मृत्यु भएको छ, १४३ जना सक्रमणमुक्त भइसकेका छन् भने ५६ जना उपचाररत छन् ।

जसअनुसार प्रदेश नम्बर १ मा २९ जना पत्रकार कोरोना संक्रमित भएका छन ।

झापा ६ जना, मोरङ १४ जना, उदयपुर २ जना, सुनसरी ७ जना

त्यस्तै प्रदेश २ मा ४२ जना पत्रकार संक्रमित भएका छन ।

पर्सा १७, बारा ७, धनुषा ५, सप्तरी ६, सर्लाही ३, महोत्तरी २, रौतहट २ जना संक्रमित भएका छन ।

बागमती प्रदेशमा ६९ जना पत्रकार संक्रमित हुन पुगेकोमा एक जनाको मृत्यु भएको छ ।

काठमाडौं ४१ (१ जनाको मृत्यु), ललितपुरमा १२, नुवाकोट २, मकवानपुर ७, सिञ्धुपाल्चोक २, चितवन ५ जना संक्रमित भएका छन ।

गण्डकी प्रदेशमा १९ जना पत्रकार संक्रमति भएका छन ।

कास्कीका ४ जना, नवलपुरका ८ जना, लमजुङ ७ जना जना संक्रमित भएका छन ।

लुम्बिनी प्रदेशमा २९ जना पत्रकार संक्रमित भएकोमा १ जनाको मृत्यु भएको छ ।

जसमा बाँके ७, बर्दिया ३, कपिलवस्तु ११, (१ जना पत्रकार बनारसी बर्माको मृत्यु भएको), रुपन्देहीमा ७, नवलपरासी १ जना संक्रमित भएका छन ।

त्यस्तै कर्णाली प्रदेशमा – ११ जना पत्रकार संक्रमित भएका छन ।

दैलेख जिल्लामा १ , जुम्ला १, कालिकोट १, रुकुम पश्चिम १, सुर्खेत ७ जना संक्रमित भएका छन ।

सुदुरपश्चिम प्रदेश २ जना संक्रमित भएका छन ।

कैलाली २ जना संक्रमित भएका छन ।

कुन प्रदेशमा कति जना पत्रकार संक्रमित भए । २३ असोज २०७७ सम्मको अभिलेख अनुसार ।

क्रस प्रदेश संख्या

१ प्रदेश नं १. २९

२ प्रदेश नं २. ४२

३ बागमती प्रदेश . ६९

४ गण्डकी प्रदेश . १९

५ लुम्बिनी प्रदेश . २९

६ कर्णाली प्रदेश. ११

७ सुदुरपश्चिम प्रदेश. २

जम्मा संक्रमित संख्या २०१

प्रतिक्रिया
सम्बन्धित समाचार

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology