गोविन्द केसीबीच ८ बुँदे सहमति


  • Jaynepalnews
  • आइतवार, अशोज २५, २०७७

२५ असोज, काठमाडौँ । सरकारी र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएको छ । गएराती भएको सरकारी र डा. केसीका प्रतिनिधिबीचको वार्तापछि ८ बुँदे सहमति भएको हो ।

सहमतिमा हस्ताक्षर भएसँगै डा. केसीले अहिले बिहान अनसन तोड्ने भएका छन् ।

सहमतिमा डा. केसीले उठाउदै आएका सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने, कोरोनाको परिक्षण विस्तार गर्ने, बयलपाटा अस्पतालमा नि:शुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि कार्यदलले दिएको सुझावसहित तीन साता भित्र मस्यौदा तयार गर्ने लगायतका बुंदामा सहमति भएको छ ।

यस अघि शुक्रबार साँझ भएको वार्ता बिना निष्कर्ष सकिएको थियो ।

शनिबार सरकारी वार्ता टोलिले एक विज्ञप्ति निकाल्दै डा. केसीलाई अनसन तोड्न आग्रह गरेको थियो ।

सरकारले डा. केसीको अनसनको २४औ दिन वार्ता टोलि बनाएको थियो भने २५औ दिन वार्ता शुरु भएको थियो । डा. केसीले जुम्लाबाट आफ्नो १९औ अनसन शुरु गरेका थिए ।

सहमतिका बुँदाहरु :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2020 and all right reserved to jaynepalnews.com | Site By : SobizTrend Technology