
२५ असोज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २८ दिनदेखि अनसनरत डा।गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोडेका छन् ।
अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस पिएर केसीले अनशन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा।केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
शिक्षण अस्पताल महारागन्जमा केसीले अनशन तोड्दा समर्थक र शुभेच्छुकको उपस्थिति रहेको थियो । जुम्लाबाट अनशन सुरु गरेका केसीको स्वास्थ्य समस्या भएपछि काठमाडौं ल्याइएको थियो ।
सहमतिपत्रमा डा। केसीले आफैं र सरकारका तर्फबाट वार्ता टोली संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।